तेस्राे गियरमै १०६ किलोमिटरकाे स्पीड, यस्तो छ बजाज डोमिनार २०१९

बजाज अटो इन्डियाले भारतीय बजारमा डोमिनारकाे नयाँ २०१९ भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसै क्रममा एक युटुवरले बजाज डोमिनारको नयाँ भिडियो सार्वजनिक गरेका छन् । यस अघि  कम्पनीले सार्वजनिक गरेको  भिडियोमा  कुनै किसीमको इन्जिनकाे जानकारी थिएन । हाल सार्वजनिक भएको नयाँ भिडियोमा इन्जिनको बारेमा केहि जानकारी प्राप्त भएको छ ।

उक्त भिडियोका अनुसार डोमिनारकोे इन्जिनमा समेत कम्पनीले परिर्वतन गरेको छ । पुरानो डोमिनारको भन्दा नयाँ डोमिनारमा आरपीएम क्षमता बढाएको पाइएको छ । यो बाइकले पहिलो गियरमा ५७ किलोमिटर, दोस्रो गियरमा ८१ किलोमिटर र तेस्रो गियरमा १०६ किलोमिटर प्रतिघन्टाको स्पीड भेट्न सक्छ । पुरानो भर्सनले पहिलो गियरमा ४९, दोस्रोमा ७१ र तेस्रोमा ९२ किलोमिटर प्रतिघन्टाको मात्र स्पीड क्षमता रहेको थियो । ६ स्पीडको ट्रान्समिसन रहेको यो बाइकमा भाइब्रेसन समेत कम भएको उक्त भिडियोमा बताइएको छ ।

कम्पनीले बाइकमा इन्जिनसँगै थुप्रै परिर्वतन गरेको छ । बाइकको ग्राफिक, एक्जष्ट, रियर भ्यू, फ्रन्ट लुक, मडगाडमा समेत परिर्वतन गरेको छ । ४३ एमएमको टेलिस्कोप अपसाइड डाउन फर्क रहेको बाइकमा डिस्क ब्रेकलाइ लेफ्ट साइडमा प्लेस गरिएको छ ।

बाइकमा इन्स्टुमेन्ट कल्स्टरमा पनि परिर्वतन गरिएको छ । डिस्प्लेमा सभिर्स रिमाइन्डर, एभरेज फ्यूल इकोनोमि, साइड स्ट्यान्ड इन्डिकेटर जस्ता नयाँ बिशेषता थप गरिएको छ ।  


Back_to_top