होन्डाको म्याक्सी स्कुटरको मूल्य १९ लाख, यस्ता छन् विशेषता

काठमाडौं । होन्डाले भारतमा म्याक्सी डिजाइनमा नयाँ प्रिमियम एड्भेन्चर स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले होन्डा बिगविंग सेग्मेन्ट अन्तर्गत ७५० सीसी होन्डा एक्स एड्भेन्चर म्याक्सी स्कुटरको भारतमा बिक्री सुरु गरेको हो । यसको मूल्य १९ लाख ४ हजार रुपैयाँ अर्थात् ११ लाख ९० हजार भारतीय रुपैयाँ तोकिएको छ ।

पर्ल ग्लेयर र ग्रेफाइट ब्ल्याक दुई कलर अप्सनमा उपलब्ध यस स्कुटरको कम्पनीले होन्डा बिगविंग शोरुमहरुमा बुकिङ समेत खुलाई सकेको छ ।

निकै बोल्ड, प्रिमियम, टुरिङ क्यापासिटी, अफरोड र एड्भेन्चर डिजाइनमा तयार भएको एक्स एड्भेन्चरमा ७४५ सीसी, प्यारालल ट्वीन सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ५८ ब्रेकहर्स पावर र ६९ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको डबल क्लच ट्रान्समिसन (डीसीटी) अटोमेटिक गियर सिफ्टर सिस्टम दिइएको छ । यसले स्कुटरलाई निकै स्मुद राइड प्रदान गर्नेछ ।

अफरोड र अनरोड दुबै टेरेनमा चलाउन मिल्ने यो म्याक्सी स्कुटरमा वायर स्पोक ह्वील, फ्रन्टमा डबल र रियरमा सिंगल क्यालिपर डिस्क ब्रेक, ब्रेकिङ चेसिसमा ट्युबलर स्टील फ्रेम, डबल च्यानल एबीएस, एड्जस्टेबल वीन्डस्क्रीन, फ्रन्टमा युएसडी फर्क र रियरमा प्रिलोड एड्जस्टेवल मोनोसक प्रिमियम लगं ट्राभल सस्पेन्सन सेटअप पाउन सकिन्छ ।

अत्याधिक टेक लोडेड भएको होन्डा एड्भेन्चर एक्समा पुरा एलइडी लाइट, डीआरएल, डबल हेड्ल्याम्प, आकर्षक होचो सिट डिजाइन र होन्डा रोडसिन्स सिस्टम सहितको ५ इन्चको डिजिटल टीएफटी डिस्प्ले छ । यसमा ‘टर्न बाई टर्न नेभिगेसन’, कल एसएमएस अलर्ट, म्युजिक र भ्वाइस कन्ट्रोलर जस्ता राइडरलाइ आवस्यक पर्ने डिटेल्सहरु हेर्न सकिने छ ।

त्यसैगरि, होन्डा सेलेक्टेवल टर्क कन्ट्रोल (एचएसटीसी) टेक्नोलोजी, २२ लिटरको अन्डर सिट स्टोरेज, टाइप सी युएसबी चार्जिङ पोर्ट, स्ट्यान्डर्ड, स्पार्ट, रेन र ग्राभेल गरि चार प्रिसेट राइडिङ मोडहरु, राइड बाई वायर थ्रोटल जस्ता अत्याधुनिक फिचरहरु एड्भेन्चर एक्स स्कुटरमा समाबेश छन् ।


Back_to_top