काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीहरू प्राइसवारमा उत्रिएका छन् ।
यसअघि बीवाइडी, लिपमोटर र आइएम मोटरले आफ्ना उत्पादनमा भारी डिस्काउन्ट घोषणा गरेका थिए । त्यसलाई उछिन्दै चेरी अटोमोबाइलले ४७ प्रतिशतसम्मको छुट अफर घोषणा गरेको हो ।
चेरीले आफ्नो न्यू इनर्जी भेहिकल र पेट्रोल दुवै भेहिकलका सबै ब्राण्डमा छुट अफर दिएको छ । आगामी जुन २ सम्म लागू हुने यो अफर चेरीका चार ब्राण्डहरू चेरी, एक्सिड, जेटुर र आइकारमा लागू हुनेछ ।
चेरीले आइकार-०३ (नेपालमा जेको जे६) मा ३३.३९ प्रतिशत छुट दिएको छ । त्यस्तै, आइकारकै अर्को मोडल आइकार-०३टी मा २८.६१ प्रतिशत, आइकार भी २३ मा २०.०४ प्रतिशत छुट दिएको छ ।
त्यस्तै जेटुरको पेट्रोल एक्स७० एसयूभीमा सबैभन्दा धेरै ४६.७७ प्रतिशत छुट अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना ३१ वटा मोडलमा २० देखि ४६.७७ प्रतिशतसम्म छुट दिए छ ।
गत शुक्रबार चीनको सबैभन्दा ठूलो कम्पनी बीवाइडीले आफ्नो डायनेस्टी र ओसियन लाइनअपमा १० देखि ३४ प्रतिशत डिस्काउण्ट अफर दिएर प्राइसवार सुरू गरेको थियो ।
बीवाइडीलाई पछ्याउँदै यसै साता लिपमोटर तथा आईएम मोटरले पनि भारी छुटको घोषणा गरेका थिए ।



