चार्जिङ स्टेशन निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशसन निर्माणका लागि निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

पछिल्लो समय नेपालमा विद्युती सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकतामा राखेको हो ।


Back_to_top