आगामी वर्ष ८५० किमी सडक कालोपत्र गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा थप ८५० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

हाल ग्राभल र कच्ची रहको ८५० किमी सडक आगामी वर्ष कालोपत्र गर्ने भएको हो ।


Back_to_top