काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६३ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेट ल्याएको हो ।
सरकारले चालु आवकोभन्दा बजेटको आकार १ खर्ब ३ अर्ब रुपैयाँले बढाएको छ । चालु आवका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो ।
सरकारले आगामी वर्ष चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनका लागि ३ अर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


