अब पूर्वाधार आयोजनामा ३ सिफ्टमा काम

काठमाडौं । सरकारले पूर्वाधार आयोजनाम ३ सिफ्टमा काम गर्ने व्यवस्था मिलाउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।

३ सिफ्टमा काम गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने उनले बताए ।

हाल एक सिफ्टमा मात्रै काम हुँदै आएको छ । जसकारण एउटै आयोजना दशौं वर्षसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् ।


Back_to_top