काठमाडौं । नेपालमा मोटरसाइकलको बजार निकै फराकिलो हुँदै गएको छ । कमजोर सार्वजनिक यातायात भएको कारण धेरैको रोजाईमा मोटरसाइकल परेको हो ।
बढ्दो मोटरसाइकल कल्चरकै कारण २०० सीसी देखि २५० सीसी क्षमताका मोटरसाइकलको बिक्रीमा वृद्धि भइरहेको छ । अहिले बजारमा बजाज, होन्डा, हिरो, यामाहा, टीभीएस, सुजुकीसँगै अन्य केही ब्राण्डहरुले पनि यही सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आइरहेका छन् ।
थुप्रै प्रतिस्पर्धीको कारण छनोटकर्तालाई मुस्किल पर्न सक्छ । त्यसैले यहाँ हामीले होन्डा एनएक्स २०० र बजाज डोमिनार २५० बीच रहेका तुलनात्मक भिन्नता केलाउन प्रयास गरेका छौं ।
डिजाइन र लुक्स
यी दुई मोटरसाइकल एक अर्कामा विल्कुलै फरक डिजाइन र लुक्समा भएता पनि दुबै टुरर पर्पसका लागि तयार भएका हुन् । सिधा ह्यान्डलबार, आकर्षक हेडलाइट सेटअप, डबल पिस स्प्लीड सिट, उत्कृष्ट कलर ग्राफिक्स् दुबैमा छन् ।
बीम टाइप पेरिमिटर फ्रेममा बनेको डोमिनार २५० मा स्पेस्क्राफ्ट इन्स्पायर ट्याङ्क प्याड डिकल्स, डबल ब्यारल एग्जस्ट र डोमिनार ४०० इन्स्पायर डिजाइन छ ।
डाइमन्ड टाइप स्टील फ्रेममा बनेको एनएक्स २०० मा भने स्पोर्टी इन्जिन काउल, इन्डिकेटर्स सहितको ह्यान्ड गार्ड, अपस्वेप्ट सिंगल बेरल एग्जस्ट र उर्बान एक्स्प्लोरर डिजाइन छ ।
इन्जिन र पर्फमेन्स
फ्यामिली टुरर डिजाइनमा उपलब्ध एनएक्स २०० मा १८४.४ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, एयर कूल्ड, एफआई, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम १७.६ पीएस पावर र १५.९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ भने, मोटरसाइकलको टप स्पीड १३० किलोमिटर प्रतिघण्टा छ ।

डोमिनार २५० भने अलि एग्रेसिभ टुरर डिजाइनमा छ । यसमा २४८.७७ सीसीको सिंगल सिलिन्डर, फोर भल्ब र फोर स्ट्रोक लिक्वीड कूल्ड, ट्वीन स्पार्क, एफआई, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम २७ पीएस पावर तथा २३.५ एनएम टर्क जेनेरेट गर्छ । १३२ किलोमिटर प्रतिघण्टाको टप स्पीड पाउन सकिन्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
माइलेज
१३ लिटरको फ्युल ट्याकं रहेको डोमिनारले १ लिटर पेट्रोलबाट ३५ किलोमिटरसम्म माइलेज दिनेछ । एनएक्समा १२ लिटरको फ्युल ट्याकं छ । यस मोटरसाइकलमा ४५ किलोमिटरसम्म माइलेज पाइन्छ ।
सस्पेन्सन, टायर र डाइमेन्सन
एनएक्समा गोल्डेन कलरको अपसाइड डाउन युएसडी फ्रन्ट फर्क र रियरमा मोनोसक सस्पेन्सन सेटअप रहेको छ । दुबै टायरमा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, ट्युवलेस टायर र अलोय ह्वील यसमा पाउन सकिन्छ ।
कुल तौल १४७ किलोग्राम भएको होन्डा एनएक्स २०० को लम्बाइ २०३५ एमएम, चौडाइ ८४३ एमएम, उचाइ १२४८ एमएम छ । यसमा ह्वीलवेस १३५५ एमएम र ग्राउण्ड क्लियरेन्स १६७ एमएम छ ।

डोमिनारको फ्रन्टमा टेलिस्कोपिक युएसडी फर्क र रियरमा मल्टि स्टेप एड्जस्टेवल नाइट्रोक्स मोनोसक छ । दुबै चक्कामा डिस्क ब्रेक, डबल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर पाउन सकिन्छ ।
बजाज डोमिनार २५० को तौल भने १८० किलोग्राम रहेको छ । यसको लम्बाई २१५६ एमएम, चौडाई ८३६ एमएम, उचाई १११२ एमएम छ । यसमा ह्वीलवेस १४५३ एमएम र ग्राउण्ड क्लीयरेन्स १५७ एमएम छ ।
अन्य फिचरहरु
फिचरको कुरा गर्नु पर्दा एनएक्समा कम्पनीले पुरा एलइडी लाइट सेटअप, एक्स सेपको टेल लाइट, डिजिटल एलसीडी मिटर, हाजार्ड लाइट र हेट इन्जिन बेस्ट इन क्लास मिडरेन्ज टर्क सिस्टम छ ।
बजाजले डोमिनारमा पनि पुरा एलइडी लाइट सेटअप र टेल लाइट दिएको छ । यसमा रिभर्स एलसीडी ड्यूल कन्सोल, असिस्ट र स्लीपर क्लचका साथै लाइनर पावर हाई टर्क सिस्टम छ ।
मूल्य
होन्डालाई नामैले चर्चित मानिने ब्राण्डको रुपमा राख्न सकिन्छ । नेपालमा होन्डाको मोटरसाइकल तथा स्कुटर स्याकार ट्रेडिङ कम्पनीले बिक्री गर्दै आइरहेको छ । नेपाली बजारमा एनएक्स २०० मोटरसाइकलको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
नेपालको मोटरसाइकल क्षेत्रमा प्रायः सधै टप पोजिसनमा रहिरहने ब्राण्डको रुपमा पर्ने गर्छ बजाज । हंसराज हुलासचन्द एण्ड कम्पनीले डोमिनार २५० मोटरसाइकल ५ लाख ५९ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री गर्दै आइरहेको छ ।


