काठमाडौं । हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर कम मूल्यको ईभी उत्पादन अगाडि बढाएको छ । कम्पनीले दिएको जानकारी अनुसार सन् २०२६ मा बजारमा ल्याउने गरी ‘एचईवानआई’ नामबाट इलेक्ट्रीक ह्याचव्याक निर्माणको काम सुरु गरेको हो ।
हुन्डाईले स्केडबोर्डमा आधारित पहिलो मास मार्केट मोडलको रुपमा यसलाई बजारमा ल्याउने छ । जुन मूल्यका हिसावले १० लाख भारतीय रुपैयाँ आसपासमा बिक्री सुरु हुनेछ ।
भारतीय दुई ब्राण्ड निकै आक्रमक बजार बिस्तारमा लागेसँगै कोरियन ब्राण्डले सन् २०३० सम्म भारतमा ८ नयाँ मोडल बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । कम्पनीले प्योर इलेक्ट्रीक आर्किटेक्चरमा बनाउने इलेक्ट्रीक ह्याचव्याक ४०० भोल्ट आर्किटेक्चरमा आउने छ ।
हुन्डाईको योजना अनुसार नयाँ इलेक्ट्रीक ह्याचव्याक कारले बजारमा ठूलै परिवर्तन ल्याउने विश्वास ब्यक्त गरेको छ । तर, नयाँ ह्याचव्याकमा रहने फिचर र टेक्नीकल डिटेलको विषयमा अहिलेसम्म कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन ।
भारतमा उत्पादन भएको क्रेटा इलेक्ट्रीकले अहिले ठिकठाक ब्यापार गरिरहेको छ । पेट्रोल क्रेटाको तुलनामा महंगो भएको कारण मानिसहरु पेट्रोल र डिजेल क्रेटामै धेरै आकर्षित भइरहेका छन् । तर, नेपालमा पेट्रोल क्रेटाभन्दा ईभी निकै सस्तो भएको कारण ईभी धेरै बिक्री हुन थालेको छ ।
भारत बाहेक पनि कोरियामा उत्पादन भएका विद्युतीय कार पनि नेपाल ल्याएर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको छ ।

