होण्डाको ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना हुँदै, २० प्रतिशतसम्म छुट

काठमाडौं । होण्डाले ग्राहक केन्द्रीत सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ।

नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले यही जेठ २७ गतेदेखि २९ गतेसम्म सर्भिस क्याम्प आयोजना गर्ने भएको हो ।

कम्पनीका अनुसार सर्भिस क्याम्प ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा संचालन हुने छ । उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

त्यस्तै, क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ।

साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्ने छन् । जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा ७ प्रतिशत, ल्युब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्टपेन्ट सेवामा १० प्रतिशत छुट पाउने छन् । एचडीएस सेवा समेत पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


Back_to_top