काठमाडौं । विगत लामोसमयदेखि नेपाली बजारमा इलेक्ट्रीक एसयूभी बिक्री वितरण गर्दै आएको कन्टिनेन्टल्स ट्रेडिङले कियाको नयाँ एसयूभी निरोको नेपाली बजारमा मूल्य घोषणा गरेको छ ।
कम्पनीले नयाँ मोडल निरोको प्रारम्भिक मूल्य ६४ लाख ९० हजार रुपैयाँ घोषणा गरेको हो । कम्पनीकाअनुसार उक्त मूल्यमा कुनै छुट भने उपलब्ध हुने छैन ।
किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा दिइएको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले शून्यबाट १०० किलोमिटरको स्पिड मात्र ७.८ सेकेन्डमा भेट्टाउने कम्पनीले दाबी गरेको छ ।
कम्बाइन चार्चिङ सिस्टम अगाडिको ग्रिलमा दिइएको यो इलेक्ट्रीक एसयूभीलाई डिसी फास्ट चार्जरबाट चार्जगर्दा ७५ मिनेटमा ८० प्रतिशत चार्जहुने कम्पनीले जनाएको छ ।
नयाँ एसयूभीको सर्टिफाइड रेन्ज एकपटकको फुलचार्जमा ४५५ किलोमिटर रहेता पनि रिजेनरेटेड ब्रेकिङ् सिस्टमको मद्दतले ४८० किलोमिटरसम्म चलाउन सकिने छ ।

यो गाडीको नेपाली बजारमा प्रबेशसँगै निरो सर्वाधिक माइलेज दिने इलेक्ट्रीक भेहिकल हुने भएको छ । कम्पनीले प्रि-बुकिङ सुरु गरिसकेको यो नयाँ एसयूभी अप्रिल महिनामा डेलिभरी दिने तयारी गरिरहेको कम्पनी स्रोतले मेराेअटाेलाई जानकारी दियाे ।
पछिल्लो दिनमा एकपछि अर्को इलेक्ट्रीक सवारीसाधन नेपाल भित्रदै आएको छ । सरकारले कम्बस्चन इन्जिनयुक्त गाडीमा दिने कर्जामा समेत कडाई गरेसँगै गाडी बिक्रेता कम्पनीहरुले नयाँ–नयाँ इलेक्ट्रीक कार आयात गर्न सुरु गरेका छन् ।

