काठमाडौं । आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को स्टल बाँडफाँट भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले कमलपोखरीस्थित कार्यालयमा स्टल बाँडफाँट सम्पन्न गरेको हो ।
नाइम अनुसार मोबिलिटी एक्स्पोमा कुल ४८ वटा स्टल रहेका छन् । जसमा २१ वटा चारपाँग्रे, १८ वटा दुईपाँग्रे र ९ वटा कमर्शियल प्रदान गरिएको नाइमाले जानकारी दिएको छ ।
ब्राण्डहरुले आफूले पाएको स्टल आपसी सहमतिमा बाँडफाँट गर्न सक्नेछन् । त्यसका लागि २४ घण्टाको समय दिइएको नाइमले जनाएको छ ।
मोबिलिटी एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछ ।
नेपालका प्रमुख ब्राण्डहरुको उत्साहजनक सहभागिताले उत्साही बनाएको नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले बताइन् । ‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्राण्डहरूबाट प्राप्त सकारात्मक र उत्साहजनक सहभागीताले हामी अत्यन्त हर्षित र उत्साहित छौं । सबै स्टल बुक भइसकेका छन्, र अब हामी प्रदर्शनीको कार्यान्वयनमा ध्यान केन्द्रित गर्दैछौं,’ उनले भनिन् ।
यी हुन् नाइमा मोबिलिटी एक्स्पोमा सहभागी हुने ब्राण्डहरू
चारपाँग्रे : बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ।
दुईपाँग्रे : एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहो ।
कमर्शियल : चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङ ।


