विल्कुलै नयाँ देखियो हुन्डाई भेन्यू, यी हुन् मुख्य ४ परिवर्तन

काठमाडौं । हुन्डाईले नयाँ जेनेरेशन भेन्यू केही महिना भित्रै बिक्री सुरु गर्ने भएको छ । सन् २०१९ मा पहिलो जेनेरेशन भेन्यू बजारमा आएको थियो । त्यसको ठ्याक्कै ६ वर्षपछि कम्पनीले नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो ।

यसअघि सन् २०२२ मा केही कस्मेटिक चेन्ज गर्दै फेसलिफ्ट भेन्यू बजारमा ल्याएको हुन्डाईले धेरै कुरा पुरानै राखेको थियो । सम्भवत आगामी फेस्टिभ सिजनामा भारतमा बिक्री सुरु हुने नयाँ जेनेरेशन भेन्यू फिचर लोडेड हुने अनुमान गरिएको छ ।

अहिले भारतको विभिन्न क्षेत्रमा परीक्षण भइरहेको नयाँ जेनेरेशन भेन्यूमा रहने थुप्रै परिमार्जन मध्ये मुख्य ४ परिमार्जन बारेमा यहाँ चर्चा गर्न लागिएको छ ।

फिचर लोडेड हुने

यसअघि खासै धेरै आधुनिक फिचर उपलब्ध नगराएको हुन्डाईले नयाँ जेनेरेशन भेन्यूमा एडास लेभल टु फिचर दिने भएको छ । कम्पनीले पहिलो पटक भेन्यूमा भ्यान्टिलेटेड सिट, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ठूलो इन्फोटेन्टमेन्ट सिस्टम दिने भएको हो ।

अहिले पछाडि मात्रै पार्किङ सेन्सर उपलब्ध भेन्यूको नयाँ जेनरेशनमा फ्रन्ट पार्किङ सेन्सर पनि पाउन सकिने छ । कम्पनीले एडास फिचर भने क्रेटाकै हाराहारीको दिनेछ ।

इन्जिनमा परिवर्तन

इन्जिनको बिषयमा अहिलेसम्म कम्पनीले आधिकारीक जानकारी बाहिर ल्याएको छैन । तर, भारतमा बनाउने १.२ लिटर टर्बो इन्जिन नयाँ जेनेरेशन भेन्यूमा प्रयोग हुन सक्नेछ । साथै, १.२ लिटर रेगुलर पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन पनि भेन्यूमा रहने छ । यसमा म्यानुअल र अटोमेटीक गियरबक्स उपलब्ध हुनेछ ।

इन्टेरियरमा परिवर्तन

अहिले रहेको परम्परागत डिजाइनलाई छाड्दै नयाँ जेनेरेशन भेन्यूमा ईभीमा हुने जस्तै मोर्डन इन्टेरियर रहने अनुमान गरिएको छ । अहिलेसम्म यसको क्याविन फिचरको विषयमा कुनै कुरा बाहिर आएको छैन । पहिलेको तुलनमा प्रिमियम क्याविन नयाँ भेन्यूमा रहनेछ ।

बाहिरी डिजाइन

अगाडिको ग्रिल, हेड लाइट, डेटाइम रनिङ लाइट र एयर ड्याममा ब्यापक परिवर्तन देख्न सकिने छ । लगभग ईभीकै जस्तो लाग्ने ग्रिल, विल्कुलै नयाँ फ्रन्ट बम्पर र बीचमा प्रयोग भएको हुन्डाईको लोगोले नयाँ भेन्यूलाई अलग देखाएको छ । यसमा ह्वील पनि नयाँ नै रहनेछ ।


Back_to_top