पोखरामा खुल्यो ट्रायम्फको शोरुम, पहिलो दिनमै ५० युनिट बिक्री

काठमाडौं । ट्रायम्फ मोटरसाइकलको नयाँ शोरुम पोखरामा संचालनमा आएको छ ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पोखरामा इच्छाशक्ति अटोमोबाइललाई डिलरको रूपमा नियुक्त गरेको हो ।

कम्पनीले शोरुम उद्घाटनको पहिलो दिनमै ५० युनिट मोटरसाइकल हस्तान्तरण समेत गरेको हो ।

इच्छाशक्ति अटोमोबाइकका संचालक आगेशमान बुद्धाचार्यले पोखरेली मोटरसाइकल प्रेमीहरूले देखाएको उत्साह निकै सकारात्मक भएको बताए ।

‘पहिलो दिनमै ५० युनिट मोटरसइकल किन्नुभनेको ट्रायम्फ मोटरसाइकल प्रति देखाएको विश्वास र भरोसाले प्रिमियम मोटरसाइकलको मागलाई दर्शाउँछ,’ उनले भने ।

उक्त कार्यक्रममा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले पोखरेली मोटरसाइकल प्रेमीहरूसँग दीर्घकालीन सम्बध बनाउनका लागि ट्रायम्फ तयार रहेको बताए ।

ट्रायम्फ शोरुम पोखरमा थ्रीएस सेवा उपलब्ध हुने कम्पनीले बताएको छ ।

ट्रयाम्फका दुई मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ । कम्पनीले ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ र ट्रायम्फ ४०० स्क्रयाम्बलरको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


Back_to_top