पोखरामा यामाहाको ब्लूफेस्ट सुरू, फाइनान्समा किन्न ग्यारेन्टर नचाहिने

काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट’ एक्सचेन्ज क्याम्प पोखरमा सुरू भएको छ । यामाहा नेपालले आजदेखि पोखराको सृजना चोकमा ब्लू फेस्ट सुरू गरको हो ।

उक्त एक्सचेन्ज क्याम्प असार ६ गतेसम्म चल्नेछ । एक्सचेन्ज क्याम्पमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

त्यस्तै, सहज फाइनान्सका साथै अन्य धेरै सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहाने ग्राहकले जमानी (ग्यारेन्टर) बिनै मोटरसाइकल किन्न सकिने छ ।

त्यस्तै, आफूसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल र स्कुटरसँग यामाहाको नयाँ मोटरसाइकल/स्कुटर साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा यामाहा ब्राण्डको भए न्यूनतम ५० हजार र अन्य ब्राण्डमा न्यूनतम २५ हजार मूल्यांकन दिइने कम्पनीले जनाएको छ । यस बाहेक कम्पनीले १० हजार तथ मूल्यांकन दिने बताएको छ ।

ग्राहकले हरेक स्कुटर तथा मोटरसाइकल खरिदमा विभिन्न एसेसरिज पनि पाउने छन् ।


Back_to_top