काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटक बोक्ने सवारी साधनलाई करमा पूर्ण छुट दिने भएको छ ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उक्त छुट घोषणा गरेका हुन् ।
‘छिमेकी मुलुकका पर्यटक मात्र सीमा क्षेत्रबाट चढाएर कोशी प्रदेशभित्र वा अन्य प्रदेशका पर्यटकीय गन्तव्यसम्म प्रत्यक्ष सवारी सेवाको संचालन गर्ने सवारी साधनलाई करमा पूर्ण छुट हुने व्यवस्था मिलाएको छ,’ उनले बजेट वक्तव्यमा भनेका छन् ।

