काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स्ले फागुन १२ गतेदेखि रेनो सर्भिस क्याम्प संचालनमा ल्याएको छ । उक्त क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।
रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ राखेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ ।
यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निःशुल्क, स्पेयर पाटर्समा १० प्रतिशत छुट, निःशुल्क भेहिकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।

