हुन्डाई क्रेटा र निशान किक्सलाई टक्कर दिन टोयोटाले बनाउँदै नयाँ एसयूभी

टायोटाले कम मूल्यको मिड साइज एसयूभी सेग्मेन्टमा प्रबेश गर्ने भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको फन्की क्रसओभर सिएच–आर भन्दा केही सानो साइजमा उक्त एसयूभी उत्पादनको काम सुरु गरेको जनाइएकाे छ । 

केही समय अगाडिदेखि भारतीय र एसिया प्यासेफिक क्षेत्रमा एसयूभीको बढ्दो बजारलाई केन्द्रामा राखेर टोयोटाले उक्त गाडी उत्पादन गर्ने तयारी गरेको हो । उक्त ब्रान्ड न्यू मोडल एसयूभी कम्पनीको नयाँ टिएनजीए–सी आर्किटेक्टमा आधारित रहने छ । यसैमा आधारित रहेर कम्पनीले प्रियस हाईब्रिड र अल न्यू टोयोटा कोरोला उत्पादन गरेको थियो ।

यो नयाँ एसयूभी निकै फिचर लोडेड हुने अनुमान गरिएको छ । फन्की क्रसओभर कुपे स्टाइलमा आउने उक्त एसयूभीमा अल न्यू कोरालाकै इन्जिन दिने अनुमान सुरु भएको छ । 

कम्पनीले यसलाई २०२० मिडसम्ममा बजारमा ल्याउने प्रयास गरिरहेको बुझिएको छ । जसको सिधा प्रतिस्पर्धा निशान किक्स, हुन्डाई क्रेटा र होन्डा एचआर–भीसँग हुनेछ ।


Back_to_top