११ हजार डलरमै ‘नियो फायरफ्लाई’, मासिक ५५ डलर थप तिर्नु पर्ने

काठमाडौं । नेपाल आउने क्रममा रहेको फायरफ्लाई ह्याचब्याकमा ब्याट्री किन्नु नपर्ने भएको छ । कम्पनीले ब्याट्री बिनाको नियो फायरफ्लाई ह्याचव्याक कार ११ हजार अमेरिकी डलरमै दिने भएको हो ।

चिनियाँ स्टार्टअप कम्पनी नियोले फायरफ्लाईमा ब्याट्री रेन्टल सुविधा दिने भएको हो । ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गर्दै आएको कम्पनीले मासिक ५५ डलर ब्याट्री रेन्टल चार्ज लिने भएको हो ।

ब्याट्री बिनानै गाडी किन्न पाउने भएसँगै उपभोक्ताले मूल्यमा छुट पाएका हुन् । ब्याट्रीसहितको नियो फायरफ्लाईको सुरुवाती भेरियन्टको मूल्य १६ हजार ५०० डलर रहेकोमा अब ११ हजार डलरमै आउने भएको हो ।

फायरफ्लाई गत अप्रिलमा लन्च भएको थियो । कम्प्याक्ट साइजको निया फायरफ्लाईको लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम, उचाइ १५५७ एमएम र २६१५ एमएम लामो ह्वीलवेस रहेको छ ।

फायरफ्लाईको ड्यासबोर्डमा १३.२ इन्चको २.५ के हाईडेफिनेसन सेन्टर कन्ट्रोल स्कृन र ६ इन्चको इन्ट्रुमेन्टल क्लस्टर छ । फायरफ्लाईको स्टेरिङ ह्वीलमा आकर्षक लोगो र एन्टीव्याक्टेरियल माइक्रो फाइबर लेदर छ ।

स्टेरिङ कोलुमै माउण्टेड गरिएको गियर सिफ्टरले फ्रन्ट क्याविनमा अझ बढि स्पेश दिन्छ । २५६ कलरको एम्बियन्ट लाइट, १४ वटा स्पीकर सहितको अडियो सिस्टम, अलसिनारियो अटोमेटीक पार्किङ, ९२ लिटरको फ्रन्ट ट्रङ्क पाउन सकिन्छ ।

नियोको फायरफ्लाईमा १०५ किलोवाट मोटर र ४२.१ किलोवाटको ब्याट्रीप्याक दिइएको छ । यसको रेन्ज ४२० किलोमिटरसम्म हुने कम्पनीको दावी छ ।


Back_to_top