सन्दीप क्षेत्री ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त

काठमाडौं । हास्यब्यङ्ग्य कलाकार सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’का रुपमा नियुक्त भएका छन् । अल्फा अटोमोटिभ्सले क्षेत्रीलाई ‘फेस अफ रोयल इनफिल्ड’ नियुक्त गरेको हो ,

कलाकार विगत २ दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रका माध्यमबाट जनमानसको मन जित्न सफल एक सशक्त व्यक्तित्व छन् ।

क्षेत्री मार्फत रोयल इनफिल्डको परम्परा, शैली र भावना आम नेपाली जनसमुदायसम्म थप प्रभावकारी ढंगले प्रवाह हुने कम्पनीको अपेक्षा छ ।

‘रोयल इनफिल्ड नेपाल यस सहकार्यलाई केवल व्यवसायिक साझेदारीको रूपमा नभई, एक साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा हेर्दछ । जसले नेपाली मोटरसाइकल संस्कृतिमा नवीन आयाम थप्ने विश्वास लिएको छ , यस प्रयासबाट रोयल इन्फिल्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा, ट्राफिक नियम पालना सहितको सन्देश एवं कर्तव्य पालना गरिनेछ । हाम्रो सहकार्यबाट समाजका हरेक वर्गसमूदायसँग पुग्ने छौं भने युवा पुस्तामाझ अझ प्रगाढ सम्बन्ध गास्न सकिने अपेक्षा राख्दछौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोटरसाइकललाई केबल यातायातको साधन मात्र नभई आत्म अभिव्यक्तिको माध्यमको रूपमा प्रस्तुत गर्ने हाम्रो दृष्टिकोण यस सहकार्यद्वारा अझ स्पष्ट र सशक्त रूपमा उजागर हुने कम्पनीको भनाइ छ ।


Back_to_top