यस्तो छ ‘जिरो–प्लस’ इलेक्ट्रीक स्कुटर, फुलचार्जमा ११० किमि माइलेज

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी एभन मोटर्सले जिरो प्लस इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटरको मूल्य ४७ हजार भारु तोकेको छ । यसमा उपलब्ध ब्याट्री घरमा उपलब्ध सामान्य पावर सर्किटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । 

यसमा ८०० वाटको लिथिएम आयान ब्याट्रीको प्रयोग गरिएको छ । यो ब्याट्री २ देखि ४ घन्टा भित्र फूलचार्ज हुनेछ । एक पटकको फुलचार्जमा एउटा व्याट्रीले ६० किलोमिटर माइलेज दिन्छ भने दुबैको व्याट्रीको संयूक्त माइलेज ११० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । 

यसमा रिमूवेभल ब्याट्रीको प्रयोग गरिएको छ भने, डिजिटल स्पीडोमिटर लगाइएको छ । यसको टपस्पीड क्षमता ४५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसको डिक्की १५.२ लिटर क्षमताको रहेको छ । यो स्कुटर रेड, ब्लू र ह्वाइट–कलरमा उपलब्ध गराएको कम्पनीले जनाएको छ । फ्रन्टमा डिस्क–ब्रेक तथा रियरमा ड्रम–ब्रेकको प्रयोग गरिएको उक्त बाइकको तौल १५० किलोग्राम रहेको छ । 

कम्पनीले पेट्रोल स्कुटरको तुलनामा यो स्कुटरको खर्च ९० प्रतिशतले कम हुने दाबी गरेको छ । यो सिरिजको स्कुटरमा स्मार्टफोन कनेक्टिभिटीका साथै स्मार्ट–टेक फिचर उपलब्ध छ । यसले ओकिनावा प्रेज, अथर–३४० र अथर–४५० जस्ता इलेक्ट्रीक स्कुटरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले दाबी गरेको छ । 


Back_to_top