अपग्रेड भएर आयो बजाज पल्सर एनएस ४००, थपियो नयाँ फिचर

काठमाडौं । बजाज अटोले भारतमा आफ्नो सबैभन्दा पावरफुल मोडल पल्सर एनएस ४०० जेड मोटरसइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले इन्जिन पर्फमेन्समा केही सुधार गरी पावर बढाएर नयाँ एनएस ४०० जेडलाई एनएस ४०० जेड यूजी नाम दिएर नयाँ भेरियन्टको रूपमा भारतीय बजारमा सार्वजनिक गरेको हो ।

पुरानो एनएस ४०० जेडको तुलनामा नयाँ जेड यूजी भेरियन्टमा पावरसँगै अन्य केही फिचरहरू थपिएका र केही पार्टसहरू परिवर्तन समेत भएका छन् । नयाँ एनएस ४०० जेड यूजीमा कम्पनीले थ्रोटल, क्वीकर एक्सेलेरेसन टाइम, हार्डवेयर र थप इलेक्ट्रोनिक सिस्टमहरूमा अपग्रेड गरेको हो ।

अपडेट भएसँगै कम्पनीले नयाँ भेरियन्ट एनएस ४०० जेड यूजीमा ७ हजार भारतीय रुपैयाँ मूल्य वृद्धि गरेर १ लाख ९२ हजार १७६ रुपैयाँ (एक्स शोरुम) नयाँ भारु मूल्य तोकेर बुकिङ सुरू गरेको छ । बजारमा उपलब्ध रहेको यसको पुरानो मोडलको मूल्य १ लाख ८५ हजार १७६ रुपैयाँ (एक्स शोरुम) रहेको छ ।

पल्सर एनएस ४०० जेड यूजी भेरियन्टमा रिफाइन गरिएको ३७३ सीसी सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४३ पीएस पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ । रेगुलर मोडल पल्सर एनएस ४०० जेडलेभन्दा यसले ३ पीएस ज्यादा पावर जेनेरेट गर्छ । यसमा दिइएको राइडमोड अनुसार मोटरसाइकलको आरपीएम रेभ ब्याण्ड पनि केही हदले बढेको छ ।

अब नयाँ भेरियन्टको टप स्पीड १५० बाट बढेर १५७ किलोमिटर प्रतिघण्टा पुगेको छ । यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्रै २.७ सेकेण्डमा पूरा गर्ने छ । पावर बढेता पनि मोटरसाइकलको माइलेजमा भने कमी नहुने कम्पनीले बताएको छ ।

कम्पनीले मोटरसाइकलको टायरमा पनि परिर्वतन गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडमा अपोलो अल्फा एच १ टायर दिइएको छ । यो पुरानो मोडलमा भएकोभन्दा वाइडर टायर हो भने बजाजले सिन्टर्ड ब्रेक प्याडको प्रयोग गरेको छ । सिन्टर्ड प्याडले सेरामिकको तुलानामा ज्यादा राम्रो काम गर्छ । यसले ब्रेकिङ क्षमातामा पनि वृद्धि हुन्छ ।

यसमा कम्पनीले वाइ डिरेक्सनल क्विकसिफ्टर समेत थपेको छ । यसले मोटरसाइकलको पर्फमेन्स अझै बढाउने छ र गियर सिफ्टि पनि निकै स्मुथ हुनेछ । यो मोटरसाइकलमा स्लिप र असिस्ट क्लच, राइड बाइ वायर थ्रोटल, रोड, रेन, स्पोर्ट, र अफ रोड राइडिङ मोडहरूका साथै, स्वीच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल च्यानल एबीएस रहेको छ ।

यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रीन रहेको छ । जसमा ब्लुटूथ कनेक्सनको सुविधा उपलब्ध छ । यसले टर्न बाइ टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ ।


Back_to_top