काठमाडौं । बाढिपहिरोका कारण देशका ३ मुख्य सडक खण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार हाल ३ राष्ट्रिय राजमार्ग अवरुद्ध भएका हुन् ।
विभागका अनुसार बाढीले कटान गरेपछि गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक अवरुद्ध भएको छ । गत असार २४ गतेदेखि बन्द यो सडक अझै कहिले खुल्छ टुंगो छैन । हाल एस्काभेटर तथा लोडर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।
त्यस्तै, पाँचथरको हेवाखोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर मर्मत गरिने विभागले जनाएको छ ।
त्यस्तै, गुल्मीको गरगरेमा ठूलो चट्टानसहि झरेको पहिरोले कालिगण्डकी करिडोर बन्द अवरुद्ध भएको विभागले जनाएको छ ।

