काठमाडौं । चितवनमा मोटरसाइकलमा यात्रा गर्दा पछाडि बस्नेले पनि अनिर्वायरुपमा हेलमेट लगाउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनले जिल्ला प्रसाशन कार्यालयलाई आज एक लेख्दै अनिर्वायरुपमा मोटरसाइलमा यात्रा गर्ने यात्रुलेपनि हेलमेट लगाउनु पर्ने व्यवस्था कार्यान्वयनमा सहयोग पुर्याउन सरकारी कार्यालयहरुमा परिपत्र गरिदिनु हुन भन्दै चिठ्ठी लेखेको छ ।
सरकारी कार्यालयपछि क्रमिकरुपमा सबै मोटरसाइकलमा यो नियम लागु गर्ने तयारी भइरहेको चितवन ट्राफिक कार्यालयले जनाएको छ ।
मोटरसाइकलमा सवार चालक र यात्रुले हेलमेट प्रयोगगर्दा करिब ४२ प्रतिशत मृत्युदर कम हुने तथ्यहरु बाहिर आएकाले त्यसलाई कम गर्न हेलमेट अनिर्वाय गर्न लागिएको पत्रमा उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयको पत्रलाई आफ्नो फेसबुक पेजमा सेयर गर्दै मुग्लीन–नारायणगढ सडक आयोजनाले हेलमेट लगाएर यात्रागर्दा सुरक्षीत हुने उल्लेख गरेको छ ।
चितवन ट्राफिकको सक्रियतासँगै अब चितवनमा अनिर्वाय रुपमा मोटरसाइकल यात्रुलेपनि हेलमेट लगाउनु पर्ने व्यवस्था कार्यान्वयन तर्फ अग्रसर भएको देखिन्छ । त्यसैले यदि तपाईपनि आफ्नो साथीसँग मोटरसाइकलमा यात्रा गर्नुहुन्छ भने अनिर्वाय दुबै जनाले हेलमेट लगाउनु होला ।


