काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको घटाएको छ ।
निगमले मंगलबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाएकोे हो ।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५७ .५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४५. ५० रुपैयाँ, दोस्रो वर्गमा १४७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

