‘नेपाल ईभी युगमा प्रवेश गरिसक्यो, साना सवारी हटाउने सरकारको नीति छ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल विद्युतीय सवारी साधन (ईभी)को युगमा प्रवेश गरिसकेको बताएका छन् ।

बुधबार महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नेपालले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब त्यसलाई कसैले रोक्न नसक्ने उनको भनाइ छ ।

उनले जाम व्यवस्थित बनाउन ठूला सवारी साधन संचालन गर्नुपर्ने बताए । साथै, जाम कम गर्न साना गाडी हटाउने सरकारको योजना रहेको जानकारी दिए ।

उनले जाम व्यवस्थित गर्न सरकारले काम गरिरहेको बताउँदै यातायात व्यवसायीसँग यातायात क्षेत्रको समस्या बारे छलफल गर्न आफू तयार रहेको बताए ।

मन्त्री दाहालले सार्वजनिक यातायात क्षेत्र डिजिटलमैत्री बन्नुपर्ने भन्दै अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागू गर्नुपर्ने बताए ।

उनले नेपाल यातायात पूर्वाधारको क्षेत्रमा पछि नै रहे पनि पछिल्ला केही वर्ष यता प्रगति गरिरहेको उनले बताए ।


Back_to_top