काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ३ वर्षको सवारी साधन कर अग्रिम बुझाएमा करमा १० प्रतिशत छुट दिने भएको छ ।
प्रदेशले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक ऐन २०८२ मार्फत यस्तो सुविधा दिएको हो ।
जुनसुकै किसिमको सवारी साधनले चाहेमा ३ वर्षको वार्षिक सवारी कर अग्रिम रूपमा तिर्न सक्नेछन् । त्यसरी अग्रिम रूपमा ३ वर्षको एमकुष्ट कर र नवीकरण दस्तुर भुक्तानी गरी नवीकरण गराएमा लाग्ने सवारी साधन करमा १० प्रतिशत छुट हुने ऐनमा उल्लेख छ ।

