काठमाडौं । जेनजी पुस्ताको चाहनालाई ध्यानमा राख्दै चिनियाँ र अमेरिकी दुई अटोमोबाइल कम्पनीको संयुक्त लगानी रहेको ‘एसएआईसी-जीएम’ले जेनजी एक्सप्लोरर कन्सेट बाहिर ल्याएको हो ।
यी दुई कम्पनीको संयुक्त लगानीले चीनमा २८ औं वार्षिक उत्सव मनाउँदै नयाँ कारको कन्सेप्ट सार्वजनिक गरेको छ । जेनजी एक्सप्लोरर नाम दिएको यो कार तीन ढोका भएको अल इलेक्ट्रीक ह्याचव्याक हो ।
जेनजी एक्सप्लोरर कन्सेप्टलाई कम्पनीले ‘प्यान एशिया टेक्नीकल अटोमोटीभ सेन्टर’मा तयार हो । उक्त डिजाइन कम्पनीमा पनि जीएम मोटर्स र एसएआइसी ग्रुपको संयुक्त लगानी रहेको छ । खासगरी, उक्त सेन्टरले जनरल मोटर्सको चिनियाँ ईभीहरु डिजाइन र इन्जिनियरिङ सम्बन्धी काम गर्छ ।
झट्न हेर्दा नियो फायरफ्लाई ईभी जस्तै देखिने जेनजी एक्सप्लोररको साइज पनि नियो जत्रैछ । तर, यसमा ह्वील भने धेरै ठूलो २२ इन्चको पाउन सकिन्छ । भविष्य केन्द्रित डिजाइन भएको कारमा अगाडि र पछाडि गरेर २ हजार वटा माइक्रो एलइडी प्रयोग गरिएको छ ।

अझ रोचक कुरा के छ भने यसमा रहेको ठूलो साइजको लाइटबारमा प्रयोगकर्ताले कलर परिवर्तन गर्न सक्ने र अन्य चालकलाई म्यासेज समेत देखाउन सक्नेछ ।
एसएआईसी-जीमका अनुसार जेनजी एक्सप्लोररमा नयाँ जेनेरेशन ड्राइभ ट्रेन सहित चारवटा मोटर रहने छ । प्रत्येक ह्वीलमा छुट्टा छुटै् मोटर दिएको कारको संयुक्त पावर ४८० किलोवाट हुनेछ ।
यसमा ‘सेल टु च्यासिस ब्याट्रीप्याक’ रहने छ । यसमा रहने ब्याट्रीको इनर्जी डेन्सीटी ३५० वाटआवर प्रतिकेजी छ । यसले १२०० किलोमिटरसम्म सीएलटीसी स्टायण्डर्डमा रेन्ज दिने कम्पनीको दावी छ ।
दुई अटोमोबाइल जाइन्टको संयुक्त लगानीमा बनेको एक्सप्लोरर ईभी ८०० आर्किटेक्चरमा बनेको भोल्टको चार्जिङ सपोर्ट गर्छ । यसमा हिडन डोर ह्याण्डल, डिजिटल रियर भ्यू मिरर जस्ता फिचर छन् ।

