काठमाडौं । होन्डाको सर्वाधिक सफल मध्येको एक मोटरसाइकल साइन इलेक्ट्रीकमा आउने भएको छ । नेपाल र भारतमै निकै सफल मानिएको साइनलाई होन्डाको पहिलो भारतमा उत्पादन हुने इलेक्ट्रीक मोटरसाइकलको रुपमा ल्याउन लागिएको हो ।
होन्डाले भारतमा पहिलो इलेक्ट्रीक मोटरसाइकलका लागि पेटेन्ट दर्ता गरिसकेको रिपोर्ट बाहिर आएका छन् । कम्पनीले दर्ता गरेको पेटेन्ट इमेजसँगै इलेक्ट्रीक मोटरसाइकलको डिजाइन बारे केही जानकारी पनि बाहिर आएका छन् ।
सार्वजनिक भएको तस्विरका अनुसार पेटेन्ट इमेजमा देखिए अनुसार साइन ईभीमा दुई वटा स्वापेवल ब्याट्री अप्सन र एउटा कम्प्याक्ट इलेक्ट्रीक मोटर जडान गरेको छ । इन्धन ट्याकं भएको ठाउँमा दुई ब्याट्री र ब्याट्रीभन्दा मुनि इन्जिन भएको भागमा कम्प्याक्ट इलेक्ट्रीक मोटर सेटअप दिइएको देखिन्छ ।
आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकलमा सस्तो बनाउनको लागि होन्डाले रेगुलर साइनमै प्रयोग गरिएको चेसिस फ्रेम प्रयोग गर्नेछ । अन्य केही कम्पोनेन्टलाई परिमार्जन गर्दै ग्राफिक्ससँगै डिजाइनमा परिवर्तन गर्ने देखिन्छ ।
होन्डा कम्पनीले अहिलेसम्म आधिकारिक रुपमा भने केहि विवरण सार्वजनिक गरेको छैन । तर, रिपोर्टमा देखिएका यी पेटेन्ट इमेजहरूले कम्पनीको योजना निकै बलियो रहेको संकेत गर्छ ।

