काठमाडौं । गतिमा रहेको कार रोक्ने प्रक्रिया एकदमै सजिलो छ । केही चालकलेहरूले कार रोक्नको लागि पहिले क्लच थिच्छन् भने केहीले पहिले ब्रेक थिच्छन् ।
तर, कुन विधि सही हो भनेर कसैले बताउँदैन । यस्तो प्रक्रियामा तपाईंलाई कार रोक्दा पहिले के गर्दा राम्रो हुन्छ ?
ड्राइभिङ सिक्दा सबैभन्दा महत्वपूर्ण कुरा भनेको क्लच र ब्रेकको सही प्रयोग हो । ड्राइभिङको बेसिक सिक्न कहिलेकाहीँ महिनौं लाग्न सक्छ । यदि तपाईंले क्लच र ब्रेकको सही संयोजन बुझ्नुभयो भने, तपाईंलाई कार नियन्त्रण गर्न समस्या हुँदैन ।
धेरैजसो मानिसहरू चलिरहेको कारमा पहिले क्लच थिच्नुपर्छ कि ब्रेक भन्ने बारे भ्रममा रहेको पाइन्छ । यदि तपाईंलाई यी दुईको सही संयोजनको बारेमा थाहा छैन भने, आज हामी तपाईंलाई यस बारेमा बताउन गइरहेका छौं।
के हो त सही तरिका ?
यदि तपाईं हाइवेमा ड्राइभ गर्दै हुनुहुन्छ भने कारको गति पक्कै पनि धेरै हुन्छ । यस्तो अवस्थामा, कारलाई स्लो गर्न चाहनुहुन्छ भने, तपाईंले पहिले ब्रेक थिच्नु पर्छ । त्यसपछि मात्रै तपाईंले क्लच थिचेर गति अनुसार गियर पनि कम गर्नुपर्छ । अर्थात्, हाइवेमा सधै पहिले ब्रेक र त्यसपछि क्लच प्रयोग गर्नुपर्छ ।
अब प्रश्न उठ्छ सिटीमा बम्पर टु बम्पर ट्राफिकमा गाडी चलाउँदा के गर्ने ? यस्तो अवस्थामा, कारको गति कम रहेको हुन्छ त्यसैले यदि तपाईंले पहिले ब्रेक लगाउनुभयो भने कार झ्याप्पै रोकिएर स्टार्ट नै बन्द हुन सक्छ । त्यसैले, यस्तो ड्राइभमा तपाईंले पहिले क्लच थिच्नु पर्छ र त्यसपछि मात्र आवश्यकता अनुसार मात्र ब्रेक लगाउनुपर्छ ।
गाडी चलाउँदा सुरक्षित रहनु धेरै महत्वपूर्ण छ । तपाईंले सडक अनुशासनको सधैं पालना गर्नुपर्छ । सधैं सिट बेल्टको प्रयोग गर्नु पर्छ । यस बाहेक, अझ महत्वपूर्णं कुरा गाडी चलाउँदै गर्दा मोबाइल फोनको प्रयोग कहिले पनि गर्नु हुँदैन ।


