नेक्सनले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएसँगै भारतमा २०% ले बढ्यो बिक्री

टाटा मोटर्सले ल्याएको नेक्सन कम्प्याक एसयूभीको बिक्री हरेक महिना बढ्दै गएको छ । कम्पनीले ल्याएको नेक्सनले ग्लोवल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएसँगै यसको व्यापार अझ बढेको देखिएको हो ।

कम्पनीले भारतीय बजारमा पछिल्ला दिनमा २० प्रतिशतले आफ्नो बजार बिस्तार गरेको छ । क्रायास टेस्टमा ५ स्टार रेटिङ पाएसँगै गाडीको भारतमा मासिक बिक्री ५ हजारभन्दा माथी पुगेको हो ।

यसअघि ४ हजार २ सयको हाराहारीमा बिक्री भइरहेको नेक्सन डिसेम्बरदेखि भने ५ हजारभन्दा माथी बिक्री हुन थालेको छ । कम्पनीले अक्टोवर डिसेम्बर अन्तिमसाता ५ स्टार रेटिङ पाएको थियो । 

त्यसपछि कम्पनीले २०१९ जनवरीमा ५ हजार ९५ यूनिट र फेब्रुवरीमा ५ हजार २६३ यूनिट भएको छ । 

नेक्सनमा एलइडी ल्याम्प्स, डे टाइम रनिङग लाइट, प्रोजेक्टर लेन्स, हेडल्याम्प्स, एलोय ह्वील, हाइट एडस्टेबल ड्राइभर्स सिट, हाइट एडजस्टेबल सिटेबेल्ट लगायतका विशेषता  उपलब्ध छन् । 

यस कम्प्याक्ट एसयुभीमा फ्लोटिङग टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम लगाइएको छ, जसले भ्वाइस कमान्ड, रिभर्स क्यामरा, एन्ड्रोइड अटो, एप्पल कार प्लेलाई सपोर्ट गर्छ । 

१.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर टर्बोचार्ज्ड डिजेल मोटर इन्जिन लगाइएको छ । दुबै इन्जिनले १०८ बिएचपी पावर उत्पादन गर्छ । 


Back_to_top