रोल्स रोयसदेखि पोर्शसम्मको फिल दिने आइएम-सिक्स नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा एमजीको सब-ब्राण्ड आइएमको प्रवेश भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बिहीबार एक कार्यक्रमका बीच एमजी आइएम-सिक्स सार्वजनिक गरेको हो ।

नेपालमा विगत ६ वर्षदेखि विद्युतीय सवारी बिक्री गर्दै आएको एमजीले नयाँ ब्राण्ड आइएम नेपाल भित्र्याएको हो ।  कम्पनीले आइएम सिक्सको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेकाे छ ।

आइ एम सिक्स यही साउन २१ गतेदेखि सुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिने छ ।

अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो रिभ्यू पाइरहेको आइएम-सिक्सको सेन्टर कन्सोलमा रहेको ‘फ्लीप डाउन वाइड स्क्रीन टीभी’ले लुकमा व्यापक परिवर्तन गरेको छ । आइएम-सिक्सले विश्व बजारमा टेस्ला मोडल वाइसँग सिधा प्रतिस्पर्धा गर्दै आएको छ ।

एमजीले सब ब्राण्डको नाम आइएम किन राख्यो वा यसको अर्थ के होला भन्ने चासो पनि अटो पारखीहरूमा रहेको पाइन्छ । आईएमको अर्थ ‘इन्टेलिजेन्स इन मोसन’ हो । यसमा एयर सस्पेन्स दिइएको छ ।

बीएमडब्लू आइ-७ मा जस्तै फ्लीप डाउन टीभी, पोर्शले प्रयोग गरेको जस्तो चाबी, टेस्लाको जस्तो विङ मिरर, फियत ५०० कै जस्तो डोर ह्याण्डलको ठाँउमा बटम दिइएको छ ।

इलेक्ट्रीक कार उद्योगकै अग्रणी ८०० भोल्ट आर्किटेक्चरमा बनेको आइएम-सिक्सलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केबल १७ मिनेट लाग्छ । जुन हुन्डाई आयोनिक-फाइभ जत्तिकै तिब्र चार्ज हुन्छ । जुन मूल्यका हिसाबले आयोनिक-फाइभभन्दा सस्तो छ ।

सेल्फ पार्किङ फिचरको साथ आएको आइएम-सिक्समा बस्ने यात्रुले हिटेड र भ्यान्टिलेटेडसँगै मसाज सिटको आनन्द उठाउन सक्नेछन् । जुन मसाज सिट एमजीका एसयूभीमा पहिलो पटक आएको हो ।

ड्यासबोर्डमा २६ इन्चको स्कृन पाउन सकिन्छ । जसमा इन्फोटेन्टमेन्ट सिस्टम र इन्ट्रुमेन्ट क्लष्टरको दुई भाग रहने छ ।

यसमा रहेका फिचरहरू विश्व प्रसिद्ध कार कम्पनीहरूले प्रयोग गरेका छन् । जस्तो बीएमडब्लू आइ-सेभेनमा जस्तै फ्लीप डाउन टीभी, पोर्शले प्रयोग गरेको जस्तो चाबी, टेस्लाको जस्तो विङ मिरर, फियत ५०० कै जस्तो डोर ह्याण्डलको ठाँउमा बटम दिइएको छ ।

त्यसका अलावा रोल्स रोयसको जस्तै नरम लाग्ने म्याट, हुन्डाईको जस्तो ब्लाइन्डस्पट क्यामेरा, बीएमडब्लूको जस्तो अटोनोमस रिभर्सिङ टेक फिचर यसमा पाउन सकिन्छ ।

बाहिरी बनोटमा पनि तपाईं पछाडिबाट हेर्दा एस्टन मार्टिनको जस्तै डकटेल स्पोइलर र एकीकृत लाइटबार पाउनुहुन्छ । फ्रन्ट र छेउको भाग टेस्लाबाट प्रेरित देखिन्छ ।

आइएमऔसिक्समा ‘एडी’ नामक स्मार्ट ड्राइभिङ एसिस्ट दिइएको छ । कम्पनीका अनुसार एडी स्मार्ट ड्राइभिङ एसिस्ट निकै सुरक्षीत छ । यसको पूर्ण प्रयोगले चालकको भन्दा ६.७ गुणा बढी सुरक्षा पाउन सकिन्छ । यसमा रहेको अटोनोमस पार्किङ एसिस्टेन्स पनि निकै रोचक छ । त्यो के भने पार्किङ सेन्सर मात्रै यसमा ३०० वटा प्रयोग भएको कम्पनीको भनाइ छ ।

युवालाई आकर्षित गर्न २० स्पीकर सहितको अडियो सिस्टम यसमा दिइएको छ । जसले थ्रिएटरको अनुभव दिलाउने छ ।

कम्पनीले नेपाल ल्याएको मोडलमा १०९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । जसको पीकटर्क ४५० न्युटन मिटर छ । ७५ किलोवाट आवरको टर्नरी ब्याट्रीले सिंगल चार्जमा ५०० किलोमिटर आसपास रेन्ज दिनेछ ।

एमजी आइएम-सिक्स मोडललाई ‘लिजार्ड डिजिटल च्यासिस’मा कम्पनीले तयार गरेको हो । निकै इन्टेलिजेन्ट फिचरको साथ उपलब्ध क्रसओभर मोडलमा हाइ-प्रिकसन लाइडार, एनभीडिया ड्राइभ अर्गेन चीप, ‘क्वालकमको स्न्यापड्रागन एसएऔ८२९५ पी प्लेटफर्म’सहितको स्मार्ट ककपिट पाउन सकिन्छ ।


Back_to_top