काठमाडौं । जापानी कार उत्पादक कम्पनी निशान र मित्सुबिसीको सहकार्यमा निर्माण गरेको चार वटा कम्प्याक कार बजारमा ल्याउने तयारी भइरहेको छ । जापानको कुरासिकी मिजुसीमा रहेको मित्सुबिसीका प्लान्टमा अल न्यु निशान ड्याज, निशान ड्याज हाईवे स्टार, मित्सुबिसी युके वागेन र मित्सुबिसी इकेएक्स सहित चार मोडलको उत्पादनमा लागेको कम्पनीले जनाएको छ ।
ती कारमा सेमी अटोनोमस ड्राइभिङ्ग प्रविधीको प्रयोगसमेत गरिएको कम्पनीले जनाएको छ । निशानको प्रविधी तथा मित्सुबिसीको अुनभवको संयुक्त प्रयोगमा निर्माण गरिएको उक्त मोडल मारुती सुजुकी वागेनआरको आकारमा रहेका छन् । कम्पनीहरुले २०१३ सहकार्यबाटै निर्माण भएको पहिलो मोडल सार्बजनिक गरेका थिए ।
उनीहरुले सन् २०१६ मा आफ्नो सहकार्यलाई थप बिस्तार गरेका थिए । कम्पनीले गत फेब्रुवरीमा अल न्यु निशान लिभीना सार्र्बजनकि गरेको थियो । इन्डोनेशियामा मित्सुबिसी एक्सपान्डरको प्लाटफर्म प्रयोग गरिएको यो मोडलको बिक्री बितरण अन्तर्राष्ट्रिय बजारमा भइरहेको छ ।
कम्पनीले नयाँ मोडलमा उच्च पफर्मेन्स, अपग्रेडेड प्लाटफर्म, पावरफुल इन्जिन र ट्रान्समिसन दिएको छ । अल न्यु डिजाइनमा निर्माण भएको यी मोडलमा दुबै कम्पनीका की कम्पोनेन्टको प्रयोग गरिएको छ । यी दुबे जापानी कार कम्पनी र रेनोबीच मर्जरको कुरासमेत अगाडि बढी रहेको छ ।


