बेनेली बाइकको नेपालका लागी आधिकारीक बितरक केटीएम इन्टरनेशनलले बेनेली टीएनटी १५ आई नेपाली बजारमा भित्र्याएको छ । यस अघि कम्पनीले बेनेली टीएनटी १५ सार्वजनिक गरेको थियो । उक्त बाइक दुई दिनमा नै सोल्ड आउट भएको थियो । हाल सार्वजनिक भएको बाइकसमेत दुई दिनमा सोल्ड आउट भएको कम्पनीले जनाएको छ ।
बाइक शोरुममा प्रि बुकिङ गरेका ग्राहक र नयाँ ग्राहकको बाइक किन्ने भिड लागेको छ । यससँगै बेनेलीले नेपाली बजारमा १५० सीसी सेग्मेन्टमा राम्रो सुरुवात गरेको छ ।
यी दुबै बाइक एकै दिन सार्वजनिक गर्ने भनिएको भएता पनि केहि प्राविधिक कारण टीएनटी १५ आई केहि ढिला भएको कम्पनीले बताएको छ ।
बेनेलीका बाइकको नेपाली बजारमा पछिल्लो समय लोकप्रियता बढ्दै गएको छ । इटालियन मोडलका बाइकहरु हेर्दा स्टायलिस र चलाउन कम्र्फट हुनेजस्ता कारण नेपाली बजारमा यसले स्थान बनाउँदै आएको छ । यसै कारण नेपाली बजारमा कम्पनीले १५० सीसी सेग्मेन्टका बाइक भित्र्याएको जनाएको छ ।
बेनेली टीएनटी १५ आईमा १४८ सीसीको सिगंल सिलिन्डर ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले १२ बिएचपी पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । डिजिटल कन्सोल दिइएको यो बाइकमा गियर इन्डिकेटर, फ्यूल गेज, लो फ्यूल इन्डिकेटर जस्ता फिचर रहेको छ । १६ लिटर फ्यूल क्षमता रहेको यो बाइकले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । ५ गियरको गियरबक्स रहेको यो बाइक प्रतिघन्टा १३० किलोमिटरको रफ्तारमा कुद्न सक्छ । फ्रन्ट र रियरमा डिस्क ब्रेक दिइएको यो बाइकमा १७ इन्चको आल्मुनियम रिम अलोय ह्वील रहेको छ । १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो बाइक अफरोड तथा सिटी राइड दुबैको लागी उपयुक्त रहेको छ ।

