प्रोटोन इमास सेभेनमा ३ लाख नगद छुट, साथै थप ६ सुविधा पाउने

काठमाडौं । प्रोटोन इमास सेभेन इलेक्ट्रीक एसयूभी खरिदमा २.९९ लाख रुपैयाँ नगद छुट पाइने भएको छ ।

प्रोटोनको नेपालको लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबारदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी  एक्स्पो २०२५’ लाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले नगद छुटसँगै थप आधादर्जन सुविधा पाउने छन् । कम्पनीका अनुसार इमास सेभेन किन्ने ग्राहकले जगदम्बा फाइनान्सिङ मार्फत ४ वर्षको लागि शून्य प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाउने छन् । उक्त कर्जा  ६० मिनेटभित्र स्वीकृत गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, ग्राहकले ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलेज वारन्टी, एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, निःशुल्क अटो प्लस बीमा,  प्रिमियम रोडसाइड सहायता सेवा र तत्काल सहयोगका लागि विशेष ह्वाट्सएप ग्राहक सहायता च्याट जस्ता सुविधा पाउने छन् ।

मलेसियामा उत्पादन भएको इमास सेभेन नेपाली बजारमा ५ महिना अघि प्रवेश गरेको थियो । मिनिमल डिजाइन फिलोसोपीमा तयार भएको इमास सेभेनमा  १६० किलोवाटको मोटर छ । यसले ३२० न्युटन मिटर टर्क दिन्छ ।

प्रोटोन इमास सेभेन नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा ४९.५ र ६०.२ किलोवाट आवरको एजिस सर्ट ब्लेड ब्याट्री छ । यी ब्याट्रीकले क्रमशः ४१० र ३४५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । दुवै भेरियन्टले ११ किलोवाटसम्मको एसी चार्ज सपोर्ट गर्छ । त्यस्तै, प्राइमले ८० किलोवाट र प्रिमियमले १०० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।

इमास सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम, उचाइ १६७० एमएम तथा ह्वीबेस २७५० एमएम छ । यसमा १७३ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।

इमास सेभेनमा मल्टी फंसनल एन्टी ब्याक्टेरियल स्टेरिङ ह्वील, लेदर सिट, इलेक्ट्रीक एड्जस्टेबल सिट, एड्जस्टेब स्टेरिङ, २५६ कलरको एम्बियन्ट लाइट, भ्यान्टिलेटेड सिट, पावर टेलगेट, पानारोमिक सनरुफ पाउन सकिन्छ ।

सुरक्षाका लागि एयरब्याग, एबीएस, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, रियर क्रस ट्राफिक अर्लट, एडाप्टिभ क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत फिचर छन् ।


Back_to_top