नाइमामा एलएस अटोको विशेष अफर

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एलएस अटोले आकर्षक छुट अफर ल्याएको छ ।

नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी ०१ मोडलमा एक्सक्लुसिभ अफर ल्याएको हो ।

कम्पनीका अनुसार नाइमामा एलईभी ०१ खरिद गर्ने ग्राहकले १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउने छन् । एसई र सीई गरी दुई भेरियन्टमा उपलब्ध एलईभी ०१ को मूल्य क्रमशः ५९ लाख ९५ हजार र ६४ लाख ९५ हजार रुपैयाँ रहेको छ । ग्राहकले यसमा १ लाख ५० हजार रुपैयाँ छुट पाउने छन् ।

साथै, १ लाखको एक्सचेन्ज बोनस, १ वर्ष बीमा र सडक कर निःशुल्क पाउने छन् । त्यस्तै, ग्राहकले एलएस ०१ को खरिदमा कम्पनीले ६.६ किलोवाटको फास्ट चार्जर, सरप्राइज अफरको रुपमा लोयल्टी बोनस र वेबर ब्राण्डको १० केजीको फ्रन्टलोड वासिङ मेसिन समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स भएको एलईभी ०१ मा ९९ किलोवाटको मोटर र ६७.१२ किलोवाट अवारको एलएफपी ब्याट्रीप्याक रहेको छ ।

एलएस अटोको स्टल नाइमा मोबिलीटी एक्स्पोमा हल ए को स्लट नं ए ५ मा रहेको छ ।


Back_to_top