क्यारीका दुई नयाँ इलेक्ट्रीक भ्यानको बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा ‘क्यारी’ ब्राण्डका दुई नयाँ इलेक्ट्रीक भ्यान बिक्री सुरू भएको छ ।

नेपालका लागि क्यारीको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरियन्टका इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको हो ।

कम्पनीले १५ सिटे केभान १ को मूल्य ५८ लाख ५६ हजार रुपैयाँ र १६ सिटे केभान २ को मूल्य ६३ लाख ६ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

कम्पनीले व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुलरकलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध गराएको छ ।

दुवै इलेक्ट्रीक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सीएटीएल ब्याट्री जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ । यसले २७० एनएम टर्क जेनेरेट गर्छ ।

क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउण्ड क्लियरेन्स दिइएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टि फिचर छ ।

एलएक्सजी मोटर्सका सेल्स एण्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले ‘क्यारी ईभीको सुरूवातले हरित नेपालका लागि हाम्रो दूरदृष्टिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यी गाडीहरूले परम्परागत इन्धनमा आधारित भ्यानहरूको तुलनामा भरपर्दो, लागत-प्रभावी र वातावरणमैत्री विकल्प प्रदान गर्ने उनले बताए ।

नाइमा मोबिलिटी एक्सपोको क्यारीका भ्यान हल डी, स्टल डी-१२ मा अवलोकन गर्न सकिन्छ ।


Back_to_top