यस्तो छ, महिन्द्रा थारको एडभेन्चर संस्करण

महिन्द्राले दक्षिण अफ्रिकामा आफ्नो चर्चित अफरोड एसयुभी महिन्द्रा थारको  एडभेन्चर संस्करणलाई प्रदर्शन गरेको छ । महिन्द्रा थारमा आइकोनिक जिप सिजे–७ मा दिइएको डिजाइन थिममा निर्माण गरिएको छ ।  

एडभेन्चर प्याकेजसहित निर्माण भएको यस मोडलमा न्यू फ्रन्ट बम्पर दिइएको छ भने, एलइडी लाइट, बम्पर, रेड फिनीश टु हुक लगाइएको छ । 

एड्भेन्चर सिरीजमा मल्टी स्पोक आल्मुनियम अलोय ह्वील, न्यू बम्पर, हार्डटप रुफजस्ता बिशेषता प्रदान गरिएको छ । यसको इन्टेरियरमा कालो रंग लगाइएको छ । 

यसमा म्यानुअल एसी–हिटर, थ्रि पोड एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, लकेबल ग्लोब बक्स, १२ भोल्टको चर्जिङ सकेट जस्ता फिचर दिइएका छन् । 

यसमा उपलब्ध २.५ लिटर टर्बाेचार्ज्ड डिजेल इन्जिनले १०५ बीएचपी पावरका साथै २४७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाईएको छ । 


Back_to_top