काठमाडौं । कम्प्याक्ट एसयूभीको साइजमा आर्कफक्स ब्राण्डले ‘टी-वान’ ह्याचव्याक कार चिनियाँ बजारमा ल्याएको हो । यसको टी-वान ह्याचव्याक कारको लम्बाइ ४३३७ एमएम छ । जबकी यसको चौडाइ १६८० एमएम र उचाइ १५७२ एमएम छ । ह्वीलवेस पनि २७७० एमएम लामो पाउन सकिन्छ ।
आर्कफक्सले चीनमा विभिन्न ५ भेरियन्टमा ल्याएको टी-वान ह्याचव्याकको सुरुवाती भेरियन्टको मूल्य केबल ६८ हजार ८०० युआन (९ हजार ६०० अमेरिकी डलर) कायम गरेर बिक्री सुरु भएको हो । यसको टप भेरियन्टको मूल्य १३ हजार १०० अमेरिकी डलर छ ।
कम्पनीले प्रि-अर्डर थालेको केबल दुई घन्टामा ११ हजार ६८ युनिट बुकिङ पाएको जनाएको छ । आर्क-फ्लो डिजाइन कन्सेप्टमा आधारित रहेर डिजाइन भएको टी-वान ह्याचव्याकमा आकर्षक हेडलाइट पाउन सकिन्छ ।
सेमी हिडन डोर ह्याण्डल, १८ इन्चको आल्मुनियम अलोय ह्वील, जोमेट्रीक टेललाइट दिइएको छ । मोडन डिजाइन टेक्नोलोजीमा आधारित स्टेरिङ ह्वील, ५४० डिग्री क्यामेरा, एडास लेभल टु दिइएको छ । सँगै एडास भित्र १२ थप सुरक्षा फिचर छन् ।
आर्कफक्सले टी-वान ह्याचव्याकमा ७० र ९५ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटर दिएको छ । ब्याट्री भने ४२ किलोवाट आवर क्षमताको एलएफपी पाउन सकिन्छ ।
गाडीको ककपीटमा ८.८ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्चको फ्लोटीङ सेन्टर कन्ट्रोल स्कृन र इनब्यूल्ट एआई भ्वाइस एसिस्टेन्स पाउन सकिन्छ । यसमा विसाल ठूलो सनरुफ रहेको छ ।
आर्कफक्सको अहिलेसम्म नेपालमा कुनै पनि आधिकारीक बिक्रेता नियुक्त भएको छैन । त्यसैले तत्काल यो नेपाल आउने कुरै भएन ।

