काठमाडौं । क्रसओभर सेग्मेन्टमा नयाँ कारहरू आउने क्रम जारी रहेको छ । केही दिन अगाडि भारतीय बजारमा आएको फोर्ड फ्रिस्टाइल नेपाली बजारमा पनि सार्वजनिक भएको छ ।
अब यस्तै क्रसओभर मर्सिडीज बेञ्जले ल्याउने तयारी गर्दैछ भन्ने खबर अन्तर्राष्ट्रिय मिडियामा आइरहेको छ ।
एमएफए प्ल्याट फर्ममा तयार गर्न लागिएको मर्सिडीज बेञ्जको नयाँ क्रसओभर एसयूभी यसअघि नयाँ ए–क्लास र बी–क्लासकै प्ल्याटफर्ममा बनाउन लागिएको हो । रिपोर्टकाअनुसार, मर्सिडीज जीएलबीमा पेट्रोल र डिजेल इञ्जिनबाहेक प्लग–इन हाइब्रिडको पनि विकल्प दिइनेछ ।
२०१९ को सुरुवातमा मर्सिडीज जीएलबीलाई अन्तर्राष्ट्रिय बजारमा लञ्च गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ ।

