जुनसुकै माैषममा चल्ने विश्वको पहिलो स्वचालित इलेक्ट्रिक बस

समयक्रम अनुसार प्रविधिको तिब्र विकास भइरहेको छ र त्यसको प्रभाव अटोमोबाइल क्षेत्रमा पनि स्वभाविक रुपमा देखिएकै छ । अटोमोबाइल क्षेत्रमा भएको प्रविधिको विकासले नयाँ नयाँ सवारी आइ नै रहेका छन् । यस्तैमा हरेक मौषममा चलाउन सकिने स्वचालित बस विकास भएको छ । 

हालै सार्ववनिक भएको उक्त बस जुनसुकै मौषम तथा सडकमा चलाउन सकिने जनाइएको छ । सो बस उच्च वर्षा, हिउपात, कुहिरोमा समेत कुदाउन सकिने छ । फिनल्याण्डमा सार्वजनिक भएको उक्त बसको नाम गचा राखिएको छ । गत साता सार्वजनिक भएको गचा बस फिनल्याण्डको अटोनोमस ड्राइभिङ कम्पनी सेन्सिवल फोरको प्रविधि र डिजाइन जापानको मुजी कम्पनीले गरेको हो । 

यो बस सबै मौषम मोड भएको विश्वको पहिलो स्वचालित सटल बस हो । सो बसमा लोकशन, नेभिगेसन तथा अब्जर्भेसनको उत्कृष्ट प्रविधि राखिएको कम्पनीले जनाएको छ । त्यसैले यो बस सबै मौषममा सहज रुपमा संचालन गर्न सकिने छ । 

गचाको लेन्थ १७.७ फिट, बाइड ७.८ फिट र उचाइ ९ फिट रहेको छ । यो बसमा कुल १६ जना यात्रुले यात्रा गर्न सक्ने छन् । जसमा १० जनाका लागि सिट रहेको छ भने ६ जना उभिनु पर्नेछ । 

यो इलेक्ट्रिक रोबट बसमा फोर ह्वील ड्राइभ सिस्टम रहेको छ । गचाको अधिकतम गति करिब ४० किलोमिटर (२५ माइल) प्रतिघण्टा रहेको छ । एक पटक फुल चार्ज गर्दा यो बसले करिब १ सय किलोमिटरको दुरी तय गर्न सक्छ । 

यो सब २०२० सम्ममा संचालनमा आउने कम्पनीले जनाएको छ । सुरुमा फिनल्याण्डका ३ सहरमा संचालन गरिने योजना रहेको उल्लेख छ । 


Back_to_top