काठमडौं । अटोमोबाइल क्षेत्रको संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)लाई महासंघ बनाइने भएको छ ।
भदौ ८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासंघ बनाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयका लागि अनुमोदन गराउन नाडाले यही भदौ २४ गते विशेष साधरण सभा बोलाइएको हो ।
नाडाको विशेष सभा द प्लाजा, झम्सिखेल, ललितपुरमा बिहान ११ बजे सुरू हुनेछ ।
५ दशकको लिगेसी भएको नाडा अब महासंघ बन्न लागेको हो । हाल नाडामा सवारी आयाकर्ता, बिक्रेता, स्पेयर पार्टस, टायर, लुब्रिकेन्ट लगायत व्यवसायी आबद्ध छन् ।
सदस्यहरूको डेढ दशकदेखिको नाडालाई महासंघ बनाउने सपना पूरा गर्न लागिएको नाडाले जनाएको छ ।
‘सदस्यज्यूहरूको लामो समय देखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रूपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रूपमा संरक्षण हुनेछ,’ नाडाले भनेको छ ।

