कम मूल्यको सिरोस ईभी भारतमै उत्पादन, मोटर र ब्याट्री साइज कति ?

काठमाडौं । कोरियन कार निर्माता किया मोटर्सले कम मूल्यमा बिक्री गर्ने योजनासहित भारतमै उत्पादन गरेको नयाँ इलेक्ट्रीक सब फोर मिटर एसयूभी ल्याउने भएको छ । कम्पनीले लगभग तयार अवस्थामा यसको परीक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका हुन् ।

भारतको कोची सहरमा चार्जिङको क्रममा सिरोस ईभी देखिएको हो । सन् २०२५ को सुरुवातमै कियाले आईस इन्जिनमा सिरोस बिक्री थालेको थियो । त्यसैलाई अहिले इलेक्ट्रीकमा ल्याउन लागेको हो । बक्सी डिजाइनमा रहेको सिरोस पेट्रोल भर्सनमै पनि फिचर प्याक एसयूभी हो । यसले भारतमा युवा उपभोक्तालाई आकर्षित गरिरहेको छ ।

यसको बाहिरी डिजाइन धेरै हदसम्म पेट्रोल इन्जिन भएको सिरोस जस्तै छ । यसको ओआरभीएम, सार्कफिन एन्टेना र रुफरेलमा कुनै परिवर्तननै छैन । तर, क्लोजअफ फ्रन्ट ग्रिल, चार्जिङ पोर्ट स्लट र ईभी ब्याचिङ भने राम्रै पाउन सकिन्छ ।

सिरोस एसयूभीको लम्बाइ ३९९५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १६८० एमएम अग्लो हुनेछ । यसमा २५५० एमएम लामो ह्वीलवेस रहनेछ ।

कम्पनीले आधिकारीक रुपमा बाहिर नल्याएपनि यसमा ४२ र ४९ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने छ । एनसीएम ब्याट्रीमा आउने भएको कारण यसको रेन्ज ३७० किलोमिटरसम्म हुने बताइन्छ ।

कम्पनीले यसलाई १०० किलोवाटको फ्रन्ट ह्वील मोटरमा ल्याउने छ । जुन क्रेटा ईभीमा पनि सफल प्रयोग भइसकेको छ । यसमा दिइएको ब्याट्रीलाई डिसी फास्ट चार्जरले १० बाट ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट लाग्ने बताइएको छ ।

 


Back_to_top