कर्फ्युमा पनि हवाई टिकट काटेका यात्रु एयरपोर्ट जान पाउने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामै कर्फ्यु लगाइए पनि हवाई यात्री विमानस्थलसम्म जान पाउने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासनका अनुसार हवाई टिकटका आधारमा यात्रुहरू विमानस्थलसम्म जान पाउने भएका हुन्।

उनीहरूको आवगमनमा सहयोग गर्न सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।


Back_to_top