नयाँ बसपार्कबाट आंशिक रूपमा चले सार्वजनिक सवारी

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक सवारी साधन संचालन हुन थालेका छन् ।

जेनजी आन्दोलनका कारण मंगलबारदेखि ठप्प सार्वजनिक सवारीहरु आजदेखि आंशिक रुपमा चल्न थालेका हुन् ।

आज बिहान १० बजेसम्म दर्जनौं बस र माइक्रोबस उपत्यकाबाट बाहिरिएका छन् । काठमाडौंबाट नजिकका जिल्लाहरु धादिङ, नुवाकोट, गोरखा, चितवन लगायत जिल्लामा जाने सवारी चलेका हुन् ।

यद्यपि, लामो रुटका सवारी भने संचालन भएका छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार विज्ञप्ति जारी गरी गर्दै असुरक्षाका कारण अनिश्चितकालका लागि यातायात संचालन नगर्ने जानकारी गराएको थियो । हालसम्म महासंघले सार्वजनिक सवारी संचालन गर्ने बारे कुनै जानकारी दिएको छैन ।


Back_to_top