लाइफ टाइम ब्याट्री वारेन्टी र एडास फिचर सहित नेक्सन ईभी

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले नेक्सन ईभीको २०२५ मोडल लन्च गरेको छ ।

सन् २०२० को जनवरीमा लन्च भएको टाटा नेक्सन ईभीको २०२५ मोडलमा टेकसहित केही क्याबिन फिचर समेत थप भएर आएको हो ।

अब टाटा नेक्सन ईभीको पहिलो वायरले हाइ भोल्टेज ब्याट्रीप्याकमा लाइफ टाइम वारेन्टी समेत दिने भएको छ । यसमा भीटुभी र भीटुएल जस्ता फिचर समेत थपिएको छ ।

टाटाले नयाँ नेक्सन ईभीमा अब लेभल २ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम थप गरेको हो । यो फिचरमा सेफ्टी फिचरहरू लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फर्वाड कोलुजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटो हाइबिम असिस्ट, ट्राफिक साइन रिकग्निसन, रियर क्रस ट्राफिक कोलुजन वार्निङ र ड्राइभर डाउजिनेस डिटेक्टर रहेको छ ।

टाटाले नेक्सन ईभीको क्याबिनमा रियर विण्डो सनसेड र एम्बियन्ट टाइटिङको फिचर समेत थप गरेको छ । नेपाली बजारमा नेक्सन केथ्रीको नाममा बिक्री भइरहेको यो ईभीमा प्यानारोमिक सनरुफ, ९ वटा स्पीकर सहितको जेबीएलको प्रिमियम साउण्ड सिस्टम, भेन्टिलेटेड फ्रन्टसिट, १२.३ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रीन, मल्टी ड्राइभ मोड, ६ वटा एयरब्याग लगायत फिचर रहेको छ ।

टाटा नेक्सन केथ्री ईभीमा ४५ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक र १०० किलोवाटको फ्रन्ट ड्राइभ मोटर रहेको छ । यो ईभीले एकपटकको फुलचार्जमा ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी रहेको छ ।


Back_to_top