काठमाडौं । मंगलबारदेखि बन्द काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरू शुक्रबार छिटपुट रुपमा खुलेका छन् ।
उपत्यकाका चक्रपथ भित्रका सबै अधिकांश पेट्रोलपम्म बन्द नै रहे पनि चक्रपथ बाहिरका केही पम्प भने खुलेका छन् ।
३ दिनपछि खुलेकाले कुनै कुनै पम्पमा मोटरसाइकलहरूको सानो लाइन समेत लागेको देखिन्छ ।
सुरक्षा चुनौतीका कारण मंगलबारदेखि देशभरका पेट्रोलपम्प बन्द छन् ।
हालसम्म प्रशासनबाट पेट्रोलपम्प खोल्न वा बन्द गर्न कुनै निर्देशन नआएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
हिजो अस्तिको तुलानमा आज सवारी साधन पनि केही बढी चलेका छन् ।

