एमएडब्लू फाउण्डेसनले ट्राफिक प्रहरीलाई दियो १० वटा मोटरसाइकल

काठमाडौं । एमएडब्लू फाउण्डेसनले ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल उपलब्ध गराएको छ ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्येनजर गर्दै एमएडब्लू फाउण्डेसनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल दिएको हो ।

आइतबार फाउण्डेसनका अध्यक्ष विष्णुकुमार अग्रवालले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले एफजेड एस भी ३ मोटरसाइकल दिएको हो ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा उपत्यकाका ट्राफिक कार्यालयहरुमा भएको आगजनीमा ६० वटा दुईपाँग्रे र २६ वटा चारसाँग्रे सवारी पूर्ण रुपमा लजेका थिए । त्यस्तै, २ वटा चारपाँग्रे सवारीमा आंशिक क्षति भएको थियो ।

ट्राफिकका ३२ वटा गाडीमध्ये ४ वटा र ८१ मोटरसाइकल मध्ये २१ वटा मात्रै सुरक्षित रहेको छन् ।


Back_to_top