अब सरकारी गाडीको पनि पूर्ण बीमा गरिने

सांकेतिक तस्बिर

काठमाडौं । अब सरकारी सवारी साधनको पनि पूर्ण (कम्प्रिहेन्सिभ) बीमा हुने भएको छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनको कम्प्रिहेन्सिभ निर्जीवन बीमा गर्ने निर्णय गरेको हो ।

अर्थ मनत्रालयले एक निर्देशन जारी गर्दै नयाँ खरिद वा पुराना बाँकी सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ ।

यसअघि सरकारी सवारी साधनको पूर्ण बीमा गरिएको थिएन । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आगजनीका कारण हजारौं सरकारी सवारी साधन नष्ट भए । तर, बीमा नहुँदा राज्यले ठूलो क्षति व्यहोरेको थियो । त्यही भएर अहिले अनिवार्य बीमा गर्ने नीति लिएको हो ।


Back_to_top