काठमाडौं । सरकारले एकपटकका लागि यूरो ६ भन्दा तलको मापदण्डका सवारी आयात गर्न दिने भएको छ ।
अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफोर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन आयात गर्न दिने जानकारी गराएको हो ।
ुनेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफोर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमा एसेम्बली वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जाहरू प्रयोग गरी एसेम्बली वा उत्पादन गरिएका सवारी साधनको हकमा २०८२ साल मङ्सिर १५ गते सम्मका लागि प्रचलित मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जाहरू
पैठारी गर्न र वातावरण मन्त्रालयले अनुमति प्रदान गर्नेु राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।
सरकारले गत असार ९ गतेदेखि दुईपाङ्ग्रेमा युरो ५ र चारपाङ्ग्रेमा युरो ६ मापदण्ड लागू गरेको थियो । तर व्यवसायीले भने एकपटकका लागि अर्डर भइसकेका सवारी आयात गर्न दिन लबिङ गर्दै आएका थिए । नयाँ सरकार आएसंगै व्यवसायीको माग सम्बोधन गरेको हो ।
यससंगै १८ हजार युनिट बढी सवारी आयातको बाटो खुलेको छ ।


